काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या २७० पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपछि विभिन्न आठ जिल्लाबाट हालसम्म २७० जनाको शव फेला परेको हो ।
प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७ र चितवनमा १०८ जनाको शव फेला परेको छ । यस्तै गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयस्थित केन्द्रीय समाचार कक्षले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।




