खेलकुद

एनपीएल अक्सन आज, ५२ खेलाडी अनुबन्ध गरिने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदैछ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार अक्सन अपराह्न ३:४५ बजेबाट सुरु हुनेछ। यसको प्रत्यक्ष प्रसारण एनपीएलको युट्युब च्यानलमार्फत गरिनेछ।

अक्सनमा तीन श्रेणीका १५५ खेलाडी सहभागी छन्। क्याटोगरी ‘ए’ मा अर्जुन घर्ती, विवेक यादव, आसिफ शेख, रुपेश सिंह र तृतराज दास रहेका छन्। क्याटोगरी ‘बी’ मा २७ जना र क्याटोगरी ‘सी’ मा १२३ जना खेलाडी समावेश छन्।

क्यानका अनुसार प्रत्येक टोलीमा मार्की र ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीसहित १४ जना खेलाडी रहनेछन्। फ्रेन्चाइज टोलीहरूले अक्सनमार्फत ५२ खेलाडी अनुबन्ध गर्नेछन्।

अक्सनका लागि लुम्बिनी लायन्ससँग ४९ लाख २५ हजार, सुदूरपश्चिम रोयल्ससँग ४२ लाख ५० हजार, विराटनगर किंग्ससँग ५१ लाख ५० हजार, काठमाडौं गोर्खाजसँग ३४ लाख, पोखरा एभेन्जर्ससँग ४५ लाख ५० हजार, कर्णाली याक्ससँग ४२ लाख, चितवन राइनोजसँग ४२ लाख तथा जनकपुर बोल्ट्ससँग ६६ लाख २५ हजार रुपैयाँ बजेट रहेको क्यानले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *