देश

राष्ट्रियसभाः सीमा विवाददेखि स्वास्थ्य क्षेत्रको विषय उठान

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा सांसदले स्वास्थ्य क्षेत्रको सुदृढीकरणदेखि सीमा विवादसम्म गम्भीर विषय उठान गरेका छन् ।

बैठकको आकस्मिक समयमा सांसद कृष्णबहादुर रोकायाले क्यान्सर रोगको उपचार गर्नका लागि औषधि व्यवस्थापनका लागि आग्रह गरे ।

सांसद रेणु चन्दले जडीबुटी र पर्यटनको प्रचुर सम्भावना भएको लामपाटा च्याचोर क्षेत्रमा सीमा विवादसम्बन्धी समस्या समाधानका लागि आग्रह गरिन् । सांसद मीनासिंह रखालले प्राकृतिक प्रकोपका कारण जनताले भोगेको समस्याबारे सरकारको ध्यानाकर्षण गराइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *