देश

‘-यापिड एक्सन टास्क फोर्स’ गठन

देवदह (रुपन्देही)। भैरहवास्थित भीम अस्पतालमा ‘¥यापिड एक्सन टास्क फोर्स’ गठन गरिएको छ । डा मदन अधिकारीको संयोजकत्वमा गठन गरिएको उक्त फोर्सको सदस्यहरुमा डा विनोद खनाल, डा आरिफ हुसेन, डा रवि शुक्ला, नारायणसिंह कोइरी, भेषनारायण चौधरी, ईश्वरी ज्ञवाली, बन्दना पँगेनी र जनकराज पन्त हुनुहुन्छ ।

पर्सि बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी ‘¥यापिड एक्सन टास्क फोर्स’ गठन गरिएको भीम अस्पतालको प्रमुख डा वर्षा थापाले जानकारी दिनुभयो ।

सिद्धार्थनगर नगरपालिका–१३ मा अवस्थित भीम अस्पताल १९९० सालमा स्थापना भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *