देश

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

त्रिवेणी (रुकुम पश्चिम)। यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८०० सय जना बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयले खोप अभियान सञ्चालन गरेर १० देखि १४ वर्षका बालिकालाई खोप लगाइने जनाएको छ ।

अभियानअन्तर्गत जिल्लाका सबै विद्यालय र स्वास्थ्य संस्थामा खोप लगाइने छ । खोप अभियान तीन दिनसम्म सञ्चालन हुने खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *