काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि नेकपा माओवादी केन्द्रसहितको एकता घोषणा सभामा सहभागी हुन पुगेका छन्।
काठमाडौंको भृकुटिमण्डपमा केहीबेरदेखि विभिन्न कम्युनिष्ट घटकबीच एकता हुँदैछ। उक्त कार्यक्रममा खनालको उपस्थिति पनि रहेको छ।
पहिले खनालले पार्टीले माओवादी केन्द्रसहितका कम्युनिष्ट घटकहरूसँग हुन लागेको एकताको निर्णयमा आपत्ति जनाएका थिए। नयाँ दल दर्ता गर्ने तयारीमा रहेका उनले अन्ततः प्रचण्ड–माधव नेतृत्वको एकतामा सहभागी हुने निर्णय गरेका हुन्।
यसअघि उनी हिजोमात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका थिए।



