राजनीति

राप्रपा नेपालद्वारा राप्रपासँग एकताको औपचारिक प्रस्ताव, लिङ्देनको प्रतिक्रिया सकारात्मक

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग औपचारिक एकता प्रस्ताव अघि सारेको छ।

समान विचार र राजनीतिक दृष्टिकोण भएका शक्तिहरूबीच सहकार्य र एकता खोज्ने उद्देश्यले राप्रपा नेपालले वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो। सोही समितिले मंगलबार बिहान ललितपुरको लामाटारस्थित राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको निवासमा पुगेर एकता प्रस्ताव औपचारिक रूपमा प्रस्तुत गरेको हो।

वार्ता समितिका सदस्य तथा राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार लिङ्देनसँगको भेटघाट र छलफल सकारात्मक बनेको छ। उनले भने, “राप्रपा अध्यक्ष लिङ्देनले एकता प्रस्तावलाई सकारात्मक रूपमा लिनुभएको छ र पार्टीभित्र छलफल गरी चाँडै पुनः वार्ता अघि बढाउने बताउनुभएको छ।”

बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, दलगत ध्रुवीकरण, र समान विचारधाराका शक्तिहरूबीच सहकार्य र एकताको आवश्यकता सम्बन्धी विषयमा गहिरो छलफल भएको बर्तौलाले जानकारी दिए।

लिङ्देनसँगको भेटमा राप्रपा नेपालको तर्फबाट वार्ता समितिका संयोजक राजीव पराजुली, सदस्य तेज कुरुङ्गवाङ र राजाराम बर्तौला सहभागी थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *