देश

सरकारले चीन, अमेरिका, बेलायतलगायतका देशमा रहेका राजदूत फिर्ता बोलायो

काठमाडौँ । सरकारले विभिन्न देशमा यसअघिको सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले अघिल्लो सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

फिर्ता हुने राजदूतहरुमा चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, वेलायत, अमेरिका र जापानका आवासीय राजदूत रहेका छन्।

उनीहरुलाई कात्तिक २० गतेभित्र स्वदेश फर्किसक्न निर्देशन दिइएको संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए।भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मालाई भने यथावत् राखिएको सरकारले जनाएको छ ।

मन्त्री खरेलले सार्वजनिक वित्त व्यवस्थापनलाई मजबुत बनाउन विश्व बैंकबाट प्राप्त हुने १० मिलियन अमेरिकी डलरको अनुदान स्वीकृत गर्ने निर्णय भएको पनि बताए ।

उनले नेपाल–भारतबीच विद्युत् व्यापारलाई बढवा दिनका लागि दुई वटा प्रमुख ४ सय केभी अन्तरदेशीय प्रसारण लाइनहरू निर्माण गर्न भारतीय कम्पनीहरूसँग संयुक्त लगानी स्थापना निर्णय गरेको पनि बताए ।

उनले पूर्वी नेपालको इनरुवा–पुर्णिया ४ सय केभी प्रसारण लाइन र सुदूरपश्चिमको दोधारा–बरेली ४०० केभी अन्तरदेशीय लाइन निर्माणको जिम्मेवारी गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *