राजनीति

सरकारले निष्पक्ष निर्वाचन गराउनेमा शंका छ : देव गुरुङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले सरकारले निष्पक्ष निर्वाचन गराउनेमा शंका व्यक्त गरेका छन्। उनले माओवादी निर्वाचनमा सहभागी हुन तयार भए पनि सरकारले दलहरूलाई विश्वासको वातावरण सिर्जना नगरेको आरोप लगाए ।

गुरुङले सरकारले राजनीतिक दलहरूमाथि प्रतिशोध, पक्राउ र मुद्दा चलाइरहेको बताए र निर्वाचन भयमुक्त, निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन्न गर्न आवश्यक भूमिका निभाउनुपर्ने बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *