काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना पूर्व सांसदहरूलाई सांसद परिचयपत्र र रातो पासपोर्ट संघीय संसद सचिवालयमा बुझाउन निर्देशन दिएको छ।
सोमबार पार्टी प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पार्टीका पूर्व सांसदहरूले यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद सचिवालयमा बुझाउन अनुरोध गरिन्छ।”
यसका साथै, चाडपर्वका अवसरमा नेताहरूलाई शुभकामना पत्रबाहेक अन्य कुनै प्रकारका उपहार स्वीकार नगर्न पनि पार्टीले निर्देशन दिएको छ।
जेनजी आन्दोलनका क्रममा ७५ जनाले ज्यान गुमाएको र मुलुक राष्ट्रिय शोकमा रहेकाले रास्वपाले चाडपर्वका कार्यक्रमहरूमा पार्टीको ब्यानर वा झन्डाको प्रयोग नगर्नसमेत आफ्ना सबै तहका संरचनालाई आग्रह गरेको छ।




