देश

बालेनप्रति हर्क साम्पाङको कटाक्ष- जति नै डाइभर्ट गर्न खोजे पनि नेपालीले ‘विदेशी दलाल’ भनेर चिनिसके

काठमाडौँ । धरान उपमहानगरका मेयर हर्क साम्पाङले बालेन शाहप्रति कटाक्ष गर्न जारी राखेका छन् । पछिल्लो सामाजिक सञ्जाल पोष्टमा हर्क साम्पाङले बालेनलाई ‘विदेशी दलाल’ भनेका छन् ।

उनले बालेनले पछिल्लो समय सामाजिक सञ्जालमा लेखेका स्ट्याटसप्रति टिप्पणी गर्दै ‘विदेशी दलाल’ को स्ट्याटस बेमौसमी गीत मात्रै भएको उल्लेख गर्दै देशको अवस्था खरानी बनाएर घरी एम्बुलेन्स र घरी छात्रवृत्ति भनेको भन्दै अब जति नै डाइभर्ट गर्न खोजे पनि नेपालीले ‘विदेशी दलाल’ भनेर चिनिसकेको बताएका छन् ।

उनले भनेका छन्- ‘विदेशी दलालको स्ट्याटस बेमौसमी गीत मात्रै हो ! देशको वस्था खरानी बनाएर घरी एम्बुलेन्स रे, घरी छात्रवृत्ति रे, भो अब जति नै डाइभर्ट गर्न खोजे पनि नेपालीले चिनिसक्यो विदेशी दलाल भनेर !’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *