राजनीति

निर्वाचन तोकिएपछि संसद् पुनर्स्थापनाको माग गर्न हुँदैन : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब संसद् पुनर्स्थापनाको माग गर्नु नहुने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संसद् विघटनबारे पार्टीभित्र फरक–फरक मत रहेको स्वीकार गरे। “संसद् पुनर्स्थापन गरेर जानुपर्छ भन्ने मत पनि छन्। चुनावमा जानुपर्छ भन्ने नेताहरू पनि हुनुहुन्छ। हामी केन्द्रीय समितिबाट सामूहिक धारणा बनाउने नै छौं। तर मेरो धारणा चाहिँ अब निर्वाचनको मिति घोषणा भइसकेको छ,” उनले भने।

उनका अनुसार राष्ट्रपतिले सेनाको विश्वासमा नयाँ सरकार गठन गरी निर्वाचनको मिति घोषणा गरिसकेकाले अब पुनर्स्थापनाको माग राख्नु उचित हुँदैन।

शर्माले जेन–जी आन्दोलनका मागहरूप्रति समर्थन जनाउँदै कार्की नेतृत्वको अन्तरिम सरकारले जेन–जी पुस्ताको प्रतिनिधित्व नपाएकोप्रति प्रश्न उठाए। “बलिदान दिने बेलामा जेन–जी, परिवर्तनका लागि लड्ने बेलामा जेन–जी, तर सरकारमा भने एकजनाको पनि प्रतिनिधित्व छैन। यसलाई गम्भीरतापूर्वक लिनुपर्छ,” उनले भने।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *