देश

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी राणाको स्वास्थ्यमा सुधार

 

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी एवं निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको स्वास्थ्यमा सुधार भइरहेको नेपाली सेनाले जनाएको छ।

गत भदौ २४ गते ‘जेनजी’ प्रदर्शनकारीहरूले देउवा निवास बूढानीलकण्ठमा आक्रमण गरी आगजनी र तोडफोड गर्दा देउवा दम्पती घाइते भएका थिए। आक्रमणबाट जोगिन उनीहरूलाई नेपाली सेनाले सुरक्षित स्थानमा सारेको थियो। हालसम्म पनि देउवा दम्पती सेनाकै सुरक्षामा रहेका छन्।

नेपाली सेनाका सूचना अधिकृत सहायक रथी राजाराम बस्नेतले, “उहाँहरू हामीसँग सुरक्षित हुनुहुन्छ र दुवै जनाको स्वास्थ्य सुधारोन्मुख छ,” भनेका छन्। उनले देउवा दम्पतीले आफ्नो आन्तरिक व्यवस्थापनका लागि केही समय मागेको र सो व्यवस्थापन भएपछि उनीहरू त्यहाँबाट जाने पनि जानकारी दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *