देश

प्राविधिक शिक्षामा जोड दिँदै भोजपुरका सामुदायिक विद्यालय

भोजपुर । भोजपुरका सामुदायिक विद्यालयहरूले प्राविधिक र व्यावहारिक शिक्षामा जोड दिएका छन् । शिक्षालाई रोजगारमुखी बनाउन कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षा सञ्चालन गरिएको छ ।

पञ्चकन्या मावि च्याङ्ग्रे, यशोधरा मावि टक्सार, पञ्चकन्या मावि भुल्ने, सिद्धेश्वर मावि दावालगायत विद्यालयले प्राविधिक शिक्षा दिँदै आएका छन् । यशोधरा माविका प्रधानाध्यापक ध्रुवराज रेग्मीका अनुसार यस्तो शिक्षाले विद्यार्थीलाई स्वरोजगार र दक्ष जनशक्ति बनाउन सहयोग गर्नेछ ।

पञ्चकन्या मावि व्यवस्थापन समिति अध्यक्ष टेकराज भट्टराईले विद्यार्थीलाई व्यवहारमै आधारित सीप दिन विद्यालयले लिजमा जग्गा लिएर तरकारी तथा फलफूलखेती, माछापालन र अन्य व्यावहारिक अभ्यास गरिरहेको बताए ।

गत वर्ष कक्षा १२ को परीक्षामा सामेल भएका ६० मध्ये ४९ विद्यार्थी प्राविधिक धारबाट उत्तीर्ण भएको भट्टराईले जानकारी दिए । उनका अनुसार विद्यार्थीहरूमा प्राविधिक शिक्षाप्रतिको आकर्षण बढ्दो छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *