देश

रेशम चौधरीले नयाँ पार्टी खोल्ने घोषणा

काठमाडौँ । रेशम चौधरीले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रहेका चौधरीले पार्टी छोडेर नागरिक उन्मुक्ति पार्टी नेपाल खोल्ने घोषणा गरेका हुन् ।

यसअघि नाउपामा आफ्नो अधिपत्य जनाउने प्रयास गरेका चौधरीले आफ्नै श्रीमती रन्जिता श्रेष्ठले नदिएपछि चौधरीले नयाँ पार्टी खेल्ने बताएका हुन् ।

नाउपाको चौधरी समुहले श्रेष्ठलाई हटाएर आफ्नै पिता लाल्बिर चौधरीलाई अध्यक्ष बनाए पनि निर्वाचन आयोगले वैधानिकता नदिएपछि नाउपामा श्रेष्ठ समुहले आधिकारिकता पाएको थियो ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *