राजनीति

सभामुखले बोल्दाबोल्दै सांसद लामालाई रोकेपछि…

काठमाडौं। प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले माओवादी केन्द्रकी सांसद छिरिङ लामु लामा तामाङलाई बोल्दाबोल्दै रोकेका छन्।

आकस्मिक समयमा सभामुखलाई दिएको विषयभन्दा फरक प्रसंग उठाउन खोजेपछि सभामुखले उनलाई रोक्दै दिइएको विषयमै सीमित हुन आग्रह गरेका थिए।

लामाले आफ्नो कुरा आउनै लागेको दाबी गरे पनि सभामुखले बारम्बार सम्झाउँदा पनि विषय प्रवेश नगरेपछि अन्ततः उनको वक्तव्य बीचमै रोकिनु परेको हो।

सभामुखको यस्तो कदमलाई केही सांसदले सामान्य कार्यविधिको हिस्सा भनेका छन् भने अरूले सांसदको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाएको आरोप लगाएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *