देवदह (रूपन्देही)। रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा आगामी उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सात जनाको उम्मेदवार नाम सिफारिस गरेको छ।
पार्टीको जिल्ला कमिटी भैरहवामा बसेको बैठकले महासचिव तथा पूर्वकृषिमन्त्री घनश्याम भुसालसहित लुम्बिनी प्रदेश उपाध्यक्ष कमल भण्डारी, जिल्ला अध्यक्ष हीराध्वज शाह, प्रदेश कमिटी सदस्य आनन्दप्रसाद गुप्ता, आशा चौधरी, थानेश्वर खरेल र रुपन्देही–१ का सह–इञ्चार्ज विजयलक्ष्मी रायको नाम सिफारिस गरेको हो। भुसाल यही क्षेत्रमा २०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।
सिफारिस गरिएका सात जनामध्ये एक महिलासहित तीनजनाको नाम केन्द्रीय समितिमा उम्मेदवार छनोटका लागि पठाइनेछ। केन्द्रीय उपमहासचिव मेटमणि चौधरी, सचिव सोमप्रसाद पाण्डे, प्रदेश अध्यक्ष अब्दुल हुसेन खाँ, जिल्ला इञ्चार्ज नन्दलाल बन्जाडे र जिल्ला अध्यक्ष हीराध्वज शाह रहेको कार्यदलले अन्तिम तीनजनाको नाम सिफारिस गर्नेछ।
रूपन्देही–३ मा उपनिर्वाचन आगामी कात्तिक १७ गते हुँदैछ।




