काठमाडौं। एकजना वडाध्यक्ष पद छोडेर विदेश पलाएन भएका छन् ।
गोरखाको चुमनुब्री गाउँपालिका(६ का वडाध्यक्ष सरोज लामा राजीनामा दिएर जर्मनी पलायन भएका हुन् । देश छाड्नुअघि उनले सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस पनि लेखेका छन् ।
उनले लेखेका छन्, ‘सकेसम्म सबैको चित्त बुझाउने गरी इमानदारीताका साथ मेरो क्षमताले भ्याए सम्मको भूमिका र कार्य सम्पादन गरियो । तर जति गर्दा पनि कहिले पनि जस नपाउने कामले आफूले गरेको कामबाट मलाई कहिले पनि आत्मसन्तुष्टि भएन । त्यसैले अब देखि यो राजनीतिबाट सदाको लागी बिदा भएको निर्णय सहितको घोषणा गर्दै जिन्दगीलाई पुनः एक पटक शून्य अर्थात् जिरोबाट सुरुवात गर्न यो युवा पनि परदेश लागियो,’।
लामाले वडा सदस्य ठिन्ले घ्याम्छो लामालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन् । लामा माओवादी केन्द्रबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।




