देश

कुलिङ पिरियड प्रतिवेदन कार्यान्वयनबारे सिंहदरबारमा छलफल

काठमाडौं । निजामती विधेयकको कुलिङ पिरियड प्रावधानमा भएको गडबडीबारे छानबिन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनबारे सिंहदरबारमा छलफल सुरु भएको छ । सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल थालेका हुन् ।

छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झालगायत उपस्थित छन् ।

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय र प्रतिनिधिसभाका सचिव हर्कराज राई पनि उपस्थित छन् ।

राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रहेका नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भने राजीनामा दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *