तनहुँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भिमाद नगरपालिका–६ मा निर्माण गरिएको सहिद कल्याण खनालको अर्धकदको सालिकको आज अनावरण गरेका छन् ।
सहिद कल्याण खनालको २३ औँ स्मृतिसभाको अवसर पारेर सहिद कल्याण खनाल स्मृति प्रतिष्ठानले निर्माण गरेको सालिकको सभापति देउवाले अनावरण गरेका हुन् ।
नेपाली कांग्रेसका तत्कालीन नेता स्व खनालको वि.सं २०५९ साउन २७ गते तत्कालीन विद्रोही समूहले हत्या गरेका थिए ।
स्व खनालको योगदानको सम्झनाका लागि यहाँ सालिक निर्माण गरिएको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।




