राजनीति

माओवादीको स्थायी समिति बैठक आजपनि बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज पनि बस्दै छ । यही साउन १६ देखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको स्थायी समिति बैठक आज चौथो दिन पनि बस्ने भएको हो ।

बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव तथा राजनीतिक विषयमा स्थायी समिति सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।

शनिबार १८ जना स्थायी समिति सदस्य, पाँच पदाधिकारी र एक अनुशासन आयोगका पदाधिकारीले आफ्नो धारणा राखेका थिए । त्यस्तै आइतबार १९ जना सदस्यले आफ्नो धारणा राखेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *