देश

भैरहवामा रास्वपाको संसदीय दलको बैठक सुरु

भैरहवा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज भैरहवामा सुरु भएको छ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठक भैरहवाको रमाडा होटलमा सुरु गरिएको हो। आगामी कार्तिकमा हुने रुपन्देही–३ को उपनिर्वाचनलाई केन्द्रमा राख्दै बैठक भैरहवामै आयोजना गरिएको जनाइएको छ।

यसअघि रास्वपाका सांसदहरूले भैरहवा कारागारमा रहेका सभापति रवि लामिछानेलाई भेट्न प्रयास गरेका थिए। तर, कारागार प्रशासनले सामूहिक भेट अनुमति नदिएपछि कार्यवाहक सभापति डिपी अर्याल र सांसद सोबिता गौतमले मात्र भेट गरेका हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *