देश

रास्वपालक्षित प्रधानमन्त्री ओलीको प्रश्न : ठगी गरेपछि अदालतले कारबाही गर्छ, अनि प्रतिशोधको कुरा किन ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पार्टीद्वारा सञ्चालित हस्ताक्षर अभियानलाई लक्षित गर्दै कटाक्ष गरेका छन्।

सुदूरपश्चिममा आयोजित कार्यक्रममा बोल्दै ओलीले रविले अपराध गरेर सरकारलाई दोष दिएको बताए “सरकार अदालत होइन, अदालतले कसैलाई थुन्छ वा छाड्छ, त्यो सरकारको हातमा हुँदैन,” उनले भने, “ठगी गरेपछि अदालतले कारबाही गर्छ, अनि प्रतिशोधको कुरा किन ?”

ओलीले रविलाई उपप्रधान तथा गृहमन्त्री बनाएको सम्झाउँदै उनको अतीतप्रति संकेत गरे। साथै, हस्ताक्षर संकलन अभियानप्रति व्यंग्य गर्दै उनले भने, “तीन करोडभन्दा माथि हस्ताक्षर भए पो डर लाग्छ१ त्यति नपुर्‍याउनु है१”

कार्यक्रममा ओलीले वर्तमान गठबन्धन आगामी निर्वाचन (०८४) सम्म कायम रहने र त्यसपछि पुनः समीक्षाको समय आउने पनि बताए। उनको व्यंग्यपूर्ण टिप्पणीले सत्तारूढ गठबन्धनभित्रको चिसोपन र रवि लामिछाने नेतृत्वको रास्वपासँगको टकराव अझ प्रस्ट पारेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *