हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता रहेका बहादुर सिंह लामा संसदीय दलको नेताबाट आउट भएका छन् ।
आज भएको मतविभाजनमा उनको पक्षमा १५ मत मात्रै परेको हो । उनको विपक्षमा २२ मत परेको छ ।संसदीय दलको नेताबाट आउट भएसँगै अब उनले मुख्यमन्त्री पद पनि छोड्नु पर्नेछ । अब बागमतीको नयाँ मुख्यमन्त्री काँग्रेसकै इन्द्रबहादुर बानियाँ बन्नेछन् ।




