देश

सभामुख घिमिरेको सन्देश : आन्दोलनपछि मात्रै सुनुवाइ हुने संस्कार अन्त्य हुनुपर्छ

काठमाडौं । सभामुख देवराज घिमिरेले सडक आन्दोलनपछि मात्रै जनताको आवाज सुन्ने परिपाटी अब अन्त्य हुनुपर्ने बताएका छन्। उनका अनुसार नागरिकका मागहरू व्यवहारिक भए नबुझिने, अनि सडकमा उत्रिएपछि मात्रै सुनुवाइ हुने प्रवृत्ति लोकतन्त्रका लागि स्वस्थ होइन। सिंहदरबारमा खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईको टोलीबाट बाँसबाट निर्मित सामग्रीहरू ग्रहण गर्दै सभामुख घिमिरेले यो विचार व्यक्त गरेका हुन्।

उनले भने, ूयदि कुनै माग अव्यवहारिक छ भने राज्यले पहिले नै त्यसको स्पष्ट जवाफ दिनुपर्छ। जब कोसिसका बाबजुद सुनुवाइ हुँदैन, तब सडकमा जानु गैरसंवैधानिक हुँदैन। सभामुखले बाँसका सामग्रीको प्रवर्द्धनमा संसदको तर्फबाट सहयोग पुर्‍याउने प्रतिबद्धता जनाए। ूयदि संसदमा यससम्बन्धी कुनै कानून अड्किएको छ भने निर्माण गर्न हामी सधैं तयार छौं, उनले भने।

उनका अनुसार बाँस वनस्पति बहुपयोगी छ, र यसलाई प्रोत्साहन गर्नु आर्थिक र वातावरणीय दृष्टिले लाभदायक हुनेछ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *