काठमाडाैँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रतिनिधिसभा बैठकमा गर्ने भनिएको विशेष सम्बोधन स्थगन भएको छ। यद्यपि संसद्मा उनको प्रश्नोत्तर भने कायम रहने थाहा भएको छ।
एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाका अनुसार बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले गर्ने भनिएको विशेष सम्बोधन स्थगन भएको हो। विशेष सम्बोधन अर्को दिनलाई सारिएको जानकारी उनले दिए।
एमाले मुख्य सचेतक बर्तौलाले कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर भने यथावत् रहेको जानकारी पनि दिए।




