देश

बीपीका विचार नै कांग्रेसको आधारः सभापति देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाका सिद्धान्त र मूल्य मान्यताले नै कांग्रेसलाई आजको स्थितिमा ल्याएको बताएका छन्।

बीपी स्मृति दिवसका अवसरमा बसुन्धारामा बीपी स्मृति सामुदायिक सहकारी अस्पतालले आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले बीपीका कालजयी विचारहरूलाई आत्मसात गर्न सकेमात्र सच्चा श्रद्धाञ्जली हुने उल्लेख गरे।

“बीपी कोइरालाको आदर्श मूल्य र मान्यता कांग्रेसका लागि मात्र होइन, देशकै लागि दिशानिर्देशक हुन्,” उनले भने।

देउवाले बीपीको राजनीतिक र साहित्यिक चिन्तन आधुनिक नेपाल निर्माणका लागि मार्गदर्शक भएको भन्दै राष्ट्रिय एकता र सामाजिक सद्भावलाई बलियो बनाउन उनका सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको धारणा राखे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *