देश

कांग्रेसलाई गुट-उपगुटबाट जोगाउनुपर्नेमा नेताहरूको जोड

काठमाडौँ । नेपाली कांग्रेसका नेताहरुले पार्टीभित्र देखिएको गुटउपगुटको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेस सूर्यविनायक नगर कार्यसमितिले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले पार्टीलाई एकताबद्ध बनाउनुपर्ने बताए ।

उनले भने ‘पार्टी कार्यकर्ता गुटमा विभाजन हुँँदा पार्टी कमजोर भएको छ । पार्टीलाई एक ढिक्का बनाउन लोकतन्त्रमा आस्था राख्ने सबैजना सक्रिय हुने समय आएको छ ।’

नेपाली कांग्रेस भक्तपुर जिल्ला सचिव राजेश खड्काले केन्द्रदेखि वडासम्म फैलिएको गुटको अन्त्य नभएसम्म एकजुट भएर जनताको लागि काम गर्न गाह्रो हुने बताए ।

जिल्ला सहसचिव कृष्णमुरारी न्यौपाने, क्षेत्रीय सभापति भेषबहादुर कार्की र प्रदेश सभापति प्रदीप कार्कीले राजनीतिक व्यवस्था परिवर्तनसँगै जनताको अवस्था परिवर्तनको लागि कांग्रेसले अग्रसरता लिनुपर्नेमा जोड दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *