राजनीति

रास्वपाका महामन्त्री अझै डा. मुकुल ढकाल नै : निर्वाचन आयोग

काठमाडौँ ।निर्वाचन आयोगले आफ्नो अभिलेखअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री अझै पनि डा. मुकुल ढकाल नै रहेको स्पष्ट पारेको छ।

आयोगले रास्वपाको केन्द्रीय समिति तथा सदस्यहरूको संरचना १५ महिनाअघि अन्तिमपटक अद्यावधिक गरिएको जानकारी दिएको छ। त्यसयता कुनै पनि नयाँ विवरण आयोगमा नआएको भन्दै आयोगले पार्टीसँग पत्राचारसमेत गरेको छ।

पार्टीले कारबाही गरेको भनिएका डा. ढकालले गत बुधबार आयोगमा निवेदन दिँदै पार्टीको अद्यावधिक विवरणबारे जानकारी माग गरेका थिए। उक्त निवेदनको जवाफस्वरूप आयोगले २० चैत २०८० यता रास्वपाबाट कुनै पनि विवरण अद्यावधिक नभएको उल्लेख गरेको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *