जलश्रोत/उर्जा

जलविद्युत् आयोजनाबारे राष्ट्रपतिलाई ‘ब्रिफिङ’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले देशका विभिन्न भागमा सञ्चालित जल विद्युत् आयोजनाको प्रगतिबारे जानकारी दिएका छन् । मन्त्री खड्काले आज उनलाई १४० मेघावाट क्षमताको तनहुँ जलविद्युत् तथा १२६ मेघावाटको तल्लो सेती आयोजनामा हालसम्म भएका प्रगतिबारे जानकारी गराउनु भएको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।

निर्माणाधीन सबै आयोजना चाँडोभन्दा चाँडो सम्पन्न गर्न सम्बद्ध सबै पक्ष लाग्नुपर्नेमा राष्ट्रपतिले जोड दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *