देश

उद्योग समितिको बैठकमा भिजिट भिसा प्रकरण उठेपछि सांसदबीच भनाभन

काठमाडौँ । संसदको उद्योग समितिमा सांसदहरुबीच चर्का चर्की भएको छ ।

रास्वपाका सांसद गणेश पराजुलीले समितिको बैठकमा भिजिट भिसा प्रकरण उठाएपछि कांग्रेसका सांसदहरुले आपत्ति जनाएका थिए ।

पराजुलीले भिजिट भिसा प्रकरण उठाएको बताएपछि एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठ यो विषय रास्वपाले मात्र नउठाएको भन्दै आक्रोशित बनेका थिए । श्रेष्ठले आफ्नो पार्टीको सभापति माथि पनि भ्रष्टाचारको मुद्धा दायर गरिएको तर भिजिट भिसा प्रकरण हामीले पनि उठाएको बताएका थिए । उनले रास्वपाले मात्र संसदमा बिरोध नगरेको भन्दै मिडियाको अगाडी धेरै नबोल्न चेतावनी दिएका थिए ।

पराजुलीले सांसदहरुलाई निरिह भनेको भन्दै अन्य सांसदहरुले आपत्ति जनाएका थिए ।

बैठकमा समितिमा सभापति अब्दुल खानले समितिको बैठकमा निर्धारित विषयमा मात्र बोल्न सांसदहरुलाई आग्रह गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *