देश

कार्यव्यवस्था परामर्श समितिको बैठक शुरु

काठमाडौँ । सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक शुरु भएको छ ।सभामुखको सचिवालयका अनुसार बैठक केहि बेरअघि सिंहदरबारमा शुरु भएको हो ।

बैठकले यसअघि मुख्य सचेतक र प्रमुख सचेतकको बैठकले तय गरेका संसदको आगामी दिनका क्यालेन्डरलाई पारित गर्ने बताइएको छ ।

विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद अवरोध गरिरहेका छन् । संबैधानिक व्यवस्थाको सम्मान गर्दै विपक्षी दलहरुले विहिबार संसदमा बजेट प्रस्तुत गर्न दिएपनि आगामी बैठक अवरुद्ध गर्ने बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *