देश

च्यासलमा एमाले सचिवालय बैठक सुरु

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक सुरु भएको छ। ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।

उनका अनुसार बैठकमा आगामी आर्थिक वर्षको बजेटको तयारी, गणतन्त्र दिवस र मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल हुनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *