देश

गोदावरीमा एमाले वडाअध्यक्षहरुको भेला, जनअपेक्षाअनुसार रणनीति बनाउन छलफल

काठमाडौं।  नेकपा एमालेबाट बागमती प्रदेशका वडाहरूमा निर्वाचित वडाअध्यक्षहरुको भेला सुरू भएकाे छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले साे भेलाकाे उदघाटन गरेका छन् । भेला गाेदावरी, ललितपुरमा जारी रहेकाे छ।

ललितपुरको गोदावरी स्थित होटल भ्यू भृकुटीमा आयोजना गरिएको भेलामा एमालेबाट निर्वाचित बागमतीका सबै वडाअध्यक्षहरु सहभागी रहेका छन ।

निर्वाचित जनप्रतिनिधीको सबैभन्दा तल्लो निकायका रुपमा वडाअध्यक्षहरुसँग एमाले र वर्तमान सरकारप्रति आम जनताको धारणा बुझ्ने र त्यसलाई सम्बोधन गर्न वडा तह देखि केन्द्रतहसम्म नै रणनीति बनाउने तयारी स्वरूप साे भेला गरिएकाे हाे ।

बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराईका अनुसार पार्टीको संगठन विस्तारका लागि जनताका अपेक्षाहरु संकलन गरेर त्यस अनुसार नीति तथा कार्यक्रम तय गर्नका लागि वडाअध्यक्षहरुको भेला बोलाइएको हो ।

भेलामा बागमतीका १० वटा जिल्लाबाट एमालेबाट निर्वाचित ३५९ जना वडाअध्यक्षहरु सहभागी छन् । भेला भोलीसम्म सञ्चालन हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *