काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमबहादुर आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा १० अर्ब भन्दा बढी रकम वार्ताद्वारा भ्रष्टाचार भएको बताएका छन् ।
बुधवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको फ्लाइट प्रोसिडर डिजाइन माग्दा २०२२ नोभेम्बरको मात्र उपलब्ध गराइएको बताए ।
उनले ट्याक्साको बारेमा डकुमेण्ट माग्दा अर्थ मन्त्रालयबाट डकुमेण्ट नपाएको गुनासो गरे । सार्वजनिक लेखा समिति कमजोर भएको त होइन भन्दै प्रश्न गरे ।
१४५ मिलियनमा बन्ने एयरपोर्ट रातारात २१६ मिलियन पु¥याइएको बताउँदै ७१ मिलियन रकम खुलम खुला भ्रष्टाचार भएको बताए ।
सांसद आलेले भ्रष्टाचारको टे«लर पोखरामा देखिएको र अब फिल्म भैरहवामा हेर्नुपर्ने बताए ।




