देश

मन्त्रिपरिषद् बैठक सुरु, नयाँ गभर्नर नियुक्त गर्ने तयारी

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि मन्त्रिपरिषद्को बैठक शुरु भएको हो । आजको बैठकले नयाँ गभर्नर नियुक्त गर्ने भएको छ ।

यस अघि बसेको गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ । अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको समितिले पहिलो नम्बरमा डा. विश्व पौडेल, दोस्रो नम्बरमा कामु गभर्नर निलम ढुंगाना तिम्सिना र तेस्रो नम्बरमा पूर्व सचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको छ ।

यस अघि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आजै भएको छलफलमा डा. विश्व पौडेललाई नयाँ गभर्नर बनाउने सहमति भएको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *