काठमाडौं । प्रा.डा. विश्व पौडेलविरुद्ध दायर गरिएको रिटमा भएको दरपीठ आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ। अदालतको यस निर्णयसँगै पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने बाटो तत्कालका लागि खुला भएको छ।
अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले दयार गरेको रिट सर्वोच्च प्रशासनले दर्ता नगरी दरपीठ गरेको थियो । दरपीठविरुद्धको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले दरपीठ आदेश सदर गरेको हो ।
यसअघि पौडेलको गभर्नर बन्ने सम्भावनाबारे उठेका कानुनी चुनौतीहरूका कारण प्रक्रिया केही समय रोकिएको थियो। तर, सर्वोच्चको पछिल्लो आदेशपछि अब सरकारले उनलाई गभर्नर नियुक्त गर्न सक्ने प्रष्ट संकेत मिलेको छ।




