पोखरा । उच्च अदालत पोखराले रवि लामिछाने र छविलाल जोशीलाई उनीहरुविरुद्धको मुद्दामा अदालतमा भइरहेको सुनुवाइबारे जानकारी दिन आदेश दिएको छ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका लामिछाने र जोशीलाई पूर्वसूचना नदिई सुनुवाइ अघि बढाइएको विषयमा प्रश्न उठेपछि अदालतले यस्तो आदेश दिएको हो।
मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको संयुक्त इजलासले उनीहरूलाई सुनुवाइबारे विधिपूर्वक जानकारी गराउन आदेश दिएको हो।
अदालतले अन्य प्रतिवादीहरू—आरती गुरुङ, मीना गुरुङ, रामबहादुर खनाल, लीला पछाई र कृष्णबहादुर गुरुङ—का हकमा भने सुनुवाइलाई निरन्तरता दिने निर्णय गरेको छ।
सरकारी पक्षको बहस सकिएको
सूर्यदर्शन सहकारी ठगीसम्बन्धी मुद्दामा निवेदकका तर्फबाट उपन्यायाधिवक्ताद्वय सुरेन्द्रराज काफ्ले र दशरथ पंगेनीले बहस पूरा गरिसकेका छन्।




