देश

सांसद सुशीला थिङको सरकारलाई प्रश्न –अविवाहित भएकै कारण बढी कर किन ?

काठमाडौं । नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले अविवाहित व्यक्तिहरूमाथि राज्यले करको भार बढाएको भन्दै संसदमा आवाज उठाएकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो व्यवस्था हटाउन अर्थमन्त्रीसँग आग्रह गरिन्। “बाबुआमा छैनन्, परिवार छैन, यस्तो अवस्थामा त राज्यले अभिभावकको भूमिका खेल्नुपर्छ,” उनले भनिन्, “तर उल्टै अविवाहितको कमाइमाथि गिद्धे नजर लगाएर बढी कर लिइरहेको छ।”

थिङले प्रश्न उठाइन् — “के राज्यलाई अरू ठाउँमा कर लगाउने ठाउँ छैन? अविवाहितको कमाइमै नजर?” उनले आक्रोशका साथ भनिन्, “यदि राज्यलाई लाज लाग्दैन भने, सबै अविवाहितहरू आफ्नो कमाइ बुझाउन तयार छन्।”
उनको भनाइले कर नीतिमा सामाजिक दृष्टिकोण र न्यायका सवालहरू फेरि एकपटक संसदमा ल्याएको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *