राजनीति

रश्मिला धामीको आरोप – प्रधानमन्त्री आफैं ऐन महरलाई जोगाउँदै छन्

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा अदालतले मुद्दा चलाउन आदेश दिइसकेका ऐन महरलाई प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष संरक्षणमा जोगाइँदै आएको आरोप पीडित रश्मिला धामीले लगाएकी छन्।

बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै    सांसद  धामीले अदालतको आदेशलाई बेवास्ता गर्दै सरकारी वकिल र प्रहरी प्रशासन महरलाई उन्मुक्ति दिन उद्दत रहेको दाबी गरिन्। “चार महिना बितिसक्दा पनि उनलाई पक्राउ नगरिनु राजनीतिक हस्तक्षेपको स्पष्ट प्रमाण हो,” उनले भनिन्।

धामीले २०८१ माघ ९ गते उच्च अदालत पाटनबाट आफूलाई न्याय दिलाउने फैसला भए पनि कार्यान्वयनमा राजनीतिक दबाब हावी भएको बताइन्। “सरकारले महरलाई खुलेआम हिँड्न दिइरहेको छ, जबकि म जघन्य अपराधको न्याय खोजिरहेकी छु,” उनले गुनासो गरिन्।

उनले ऐन महरमाथिको अनुसन्धान निष्पक्ष बनाउन तत्काल पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउन माग गरेकी छन्। “यस्तो अपराधमा बाहिरै राखेर अनुसन्धान गर्ने भन्ने कुरा आफैँमा अपमानजनक छ,” धामीले जोड दिइन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *