राजनीति

एमालेले पार्टी सदस्यता साढे सात लाख पुर्‍याउने

काठमाडौँ । नेकपा (एमाले) ले आगामी विधान महाधिवेशनसम्ममा पार्टीको सदस्यता सङ्ख्या सात लाख ५० हजार पुर्‍याउने लक्ष्य राखेको छ।

एमालेले यस वर्षलाई पार्टीको आन्तरिक जीवनको वर्षका रूपमा लिएको जनाउँदै सङ्गठन विभाग सचिव माधव ढुङ्गेलले विधान महाधिवेशनसम्म पार्टी सदस्यता कुल मतदाताको ६ प्रतिशत पुर्‍याउने लक्ष्य रहेको बताए।

उनका अनुसार पार्टी सदस्यता यही वैशाखभित्र प्रदेश कमिटीलाई पठाउन निर्देशन दिइएको छ। “नयाँ पार्टी सदस्यता र नवीकरण यही वैशाखभित्र सम्पन्न गरी प्रदेश कमिटीलाई बुझाउन जिल्ला कमिटीलाई निर्देशन दिएका छौँ,” ढुङ्गेलले भने, “त्यसपछि जेठको पहिलो सातासम्म प्रदेश कमिटीले केन्द्रीय कार्यालयमा सदस्यता विवरण बुझाउनेछ।”

सचिव ढुङ्गेलले हाल पार्टी सदस्यता पाँच लाख ५० हजार रहेको जानकारी दिए। “आगामी विधान महाधिवेशनसम्म सात लाख ५० हजार पुर्‍याउने हाम्रो लक्ष्य हो,” उनले भने। एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन गर्ने तयारी गरेको छ।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *