देश

सभापति देउवा विदेश भ्रमणमा, खड्का कार्यवाहक सभापति

काठमाडौँ । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिइएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा थाइल्याण्ड गएपछि उनले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति खड्कालाई दिएका हुन् ।

सभापति देउवा पत्नी डा. आरजु राणासँगै थाइल्याण्ड गएका हुन् । परराष्ट्रमन्त्री समेत रहेकी डा. राणा बैंककमा आयोजना हुने संयुक्त राष्ट्र संघको एसिया तथा प्रशान्त आर्थिक तथा सामाजिक आयोगको ८१औं सत्रमा भाग लिन मन्त्री राणा आज थाइल्याण्ड गएकी हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *