राजनीति

ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन्

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू सिंहदरबारमा ‘नजरबन्द’मा परेका छन् ।सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उनीहरू नजरबन्दमा परेका हुन् ।

उनीहरूका अनुसार दलको कार्यालयबाट प्रहरीले निस्कन दिएका छैनन् । नयाँ बानेश्वरस्थित केन्द्रित आन्दोलनमा जान खोजिरहेको बेला प्रहरीले उनीहरूलाइ रोकेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका शिर्ष नेताहरु सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा छलफलमा छन् ।

अहिले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि सिंहदरवार पुगेका छन् ।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *