देश

मिश्र र राणाको रिहाइवारे छलफल गर्न राप्रपाकाे बैठक जारी

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ ।केन्द्रीय पार्टी कार्यालय, धुम्बाराहीमा सो बैठक जारी रहेका छ ।

जारी बैठकमा तीनकुनेको प्रदर्शनका क्रममा प्रकाउ परेका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित नेता र कार्यकर्ताहरूको रिहाइको विषयमा छलफल गरिदैँछ ।

चैत १५ गते तीनकुनेमा राजतन्त्र पक्षधरहरूले प्रदर्शन गरेका थिए । त्यसदिन भएको हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेकामध्ये ८२ जना प्रहरी अनुसन्धानमा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *