देश

सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः सभापति देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलनरत शिक्षकको जायज माग पुरा गर्नु पर्ने बतताएका छन ।नेपाल मुस्लिम संघले आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजना गरेको इदको शुभकामना आदान प्रदान कार्यक्रममा सभापति देउवाले शिक्षकको माग सम्बोधन गर्नका लागि सरकारको ध्यान जानु पर्ने बताएका हुन ।

‘वार्ता र संवादबाट आन्दोलनरत शिक्षकको जायज माग पुरा गर्न सरकारको ध्यान जानुपर्छ; देउवाले भने । उनका अनुसार शिक्षकहरूको माग सम्बोधन गर्न कुनै समस्या देखिए छलफलबाटै निकास निकाल्नुपर्ने भन्दै यसका लागि शिक्षकहरू पनि तयार हुनुपर्ने जनाएका छन् ।

सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले कुनै पनि एउटा पार्टीको बहुमत आउन भने कठिन रहेको बताएका छन्।

आइतवार नेपाल मुस्लिम संघको इद मिलन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।उनले समावेशी संविधानकै कारण राज्यका हरेक निकायमा सबैलाई समेट्न सकिएको बताए। उनले सबैलाई मिलाएर अघि बढ्ने संविधान भएका कारण बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *