
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले बल्खुमा कार्यक्रमपछि राप्रपा आफैले सफा गरेकोमा धन्यवाद दिदै कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर नबस्ने बताएका छन् ।
सामाजिक संजालमा लेख्दै बालेनले सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगरले चाहेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्-
कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुदैन । सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ । राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ ।
बल्खुको कार्यक्रममा राप्रपाका नेताहरुले बालेन पत्र काट्न ठिक्क परेर बसेकाले आफ्ना कार्यकर्तालाई सफा गरेर जान निर्देशन दिएका थिए । जस अनुसार बल्खुमा आफुले गरेको फोहोर राप्रपा कार्यकर्ताले सफा गरेका छन् ।
यसअघि चैत्र १५ गते तिनकुनेको कार्यक्रममा गरेको फोहोर बारे बालेनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पत्र काटेपछि राप्रपाले बालेनको आलोचना गर्दै आएका छन् ।