काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको निवासमा कांग्रेसका ६ जना शीर्ष नेताहरुको बैठक बसेको छ। आज बिहान अनौपचारिक बैठक बसेको हो।
बैठकमा निधिसहित कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विजय गच्छदार र डा. शशांक कोइराला सहभागी थिए।
बैठकमा काठमाडौंमा भएको आपराधिक घटनाको भत्र्सना गर्दै जनताको जीउधनको सुरक्षामा कडाईका साथ प्रस्तुत भई दोषीमाथि तत्काल कार्बाही गर्न सरकारको ध्यानाकर्षण गराएको छन्।




