राजनीति

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक, सुरक्षा रणनीतिमा छलफल

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकिएको छ । आज साँझ ८ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आकष्मिक बैठक बोलाइएको हो ।

तीनकुनेमा राजावादी प्रदर्शन हिंसात्मक बनेपछि बैठक बोलाइएको छ । यसअघि राजावादी प्रदर्शनकारी हिंसात्मक हुन थालेपछि सुरक्षा समितिको बैठक बसेको थियो । सो क्षेत्रमा अहिले नेपाली सेना परिचालन भएको छ ।

काठमाडौँको तीनकुने क्षेत्रमा राजावादी आन्दोलनका क्रममा व्यक्तिका घर, सार्वजनिक संस्था तथा पार्टी कार्यालय, एवम् सञ्चारगृहमा तोडफोड तथा आगजनी हुन थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले कफ्र्यु आदेश जारी गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *