राजनीति

पूर्वाधार कमजोर हुँदा पर्यटन क्षेत्रले अपेक्षित लाभ लिन सकेन : सांसद नेपाली

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले भौतिक पूर्वाधार कमजोर हुँदा पर्यटन क्षेत्रले अपेक्षित लाभ हासिल गर्न नसकेको बताएका छन्

प्रतिनिधिसभाको आजको बैठकमा सांसद नेपालीले ठूलो लगानी र रोजगारी प्रदान गरेको पर्यटन क्षेत्रलाई उपेक्षा नगर्न सरकारसँग आग्रह गरे । उनले सडक पूर्वाधारको क्षमताभन्दा बढी भार बहन गरेका भारतीय ट्रकका कारण समस्या देखिए पनि त्यसलाई नियन्त्रण गर्नेतर्फ कुनै पहल नगरिएको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले वर्तमान संविधानबारे आफ्नो दल जानकार रहेको उल्लेख गर्दै राजसंस्थालाई आफ्नो दलले मुख्य ‘एजेन्डा’ बनाएको जिकिर गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *