राजनीति

नेपाली कांग्रेसको महाधिवेशन तोकिएकै समयमा हुन्छ: महामन्त्री थापा

बिराटनगर। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमा नै हुने दाबी गरेका छन्। शुक्रबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले महाधिवेशनको तयारी शुरु भइसकेको भन्दै तोकिएको समयमा नै सम्पनन हुने बताएका हुन्।

अधिवेशनको समयमा मात्र प्रतिस्पर्धा गर्ने प्रणाली विकास गर्न र अन्य समय पार्टी संगठन र अन्य जिम्मेवारी पूरा गर्नमा समय लगाउन नेता तथा कार्यकर्ताहरुलाई उनले आग्रह गरे।

कांग्रेसभित्र तोकिएको समयमा महाधिवेशन नहुने चर्चा चलिरहेका बेला महामन्त्री थापा भने तोकिएकै समयमा महाधिवेशन हुने दाबी गर्दै आएका छन्।

महामन्त्री थापाले एउटा दलले गरेको गलत कार्यबाट असन्तुष्ट हुनेले व्यवस्था भन्दा पनि अन्य दल रोज्न पाउने लोकतन्त्रको मूल्य मान्यतालाई आत्मसात गर्नुपर्ने जनाए।

उनले पछिल्लो पटक पूर्व राजाबाट आएको अभिव्यक्तिलाई लोकतन्त्रको गहनाका रुपमा लिएर राजनैतिक कर्ममा सुधार गरेर जवाफ दिनुपर्ने बताए।

पार्टीभित्रबाट सरकारको विरोध भइरहेको प्रश्नको जवाफमा महामन्त्री गगन थापाले सरकार विरुद्धको खबरदारीले सरकारलाई सुधार्न र गलत काम रोक्न मद्दत पुग्ने समेत बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *